गुनासो सुनुवाई संयन्त्र कार्यविधि कार्यान्वयनका लागि सरोकारवालासंग एक दिने छलफल मेल्लेखमा सम्पन्न


पैरवी खबर

साँफेबगर ।

गुनासो सुनुवाई संयन्त्र कार्यविधि कार्यान्वयनका लागि सरोकारवालासंग एक दिने छलफल मेल्लेखमा सम्पन्न भएको छ। नेपाल सरकार न्याय तथा संघीय मामिला मन्त्रालय, यूएनडिपी एटुजेको आर्थिक सहयोग तथा आस्था नेपालद्धारा संचालित महिला र सिमान्तकृत समुहहरुको न्यायमा पहुँच अभिवृद्धि गर्न कानुनी सहयता जागरुकता र जवाफदेहीता परियोजनाको सहयोग र मेल्लेख गाउँपालिकाको समन्वयमा गुनासो सुनुवाई संयन्त्र कार्यविधि कार्यान्वयनका लागि सरोकारवालासंग एक दिने छलफल मेल्लेखमा सम्पन्न भएको हो।

मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउँदको अध्यक्षतामा भएको कार्यक्रममा गुनासो सुनुवाई संयन्त्रलाई प्रभावकारी बनाउनका लागि हेलो सरकार अन्तरगतको अनलाईन र अफलाईन क्यूआर प्रविधिलाई कार्यन्यन गर्ने, पालिकाको आधिकारीक पेजमा क्यूआर राख्ने, सिमान्तकृत तथा पछाडी पारिएका समुदायको गुनासो समेट्नका लागि वडा तथा सार्वजनिक स्थलमा क्यूआर टाँस्ने सम्बन्धि छलफल तथा निर्णय गरिएको छ।

यस्तै गुनासो सुनुवाई संयन्त्र व्यावस्थापनका लागि सूचना तथा प्रविधि अधिकृत विकास साउँदलाई सम्पर्क व्याक्तिका रुपमा जिम्मेवारी दिईनुका साथै निर्देशिकामा भएको व्यावस्था अनुसार बेला–बेलामा गुनासो सम्बोधन गरिने निर्णय पनि गरिएको छ।

गुनासो सुनुवाई संयन्त्र कार्यविधि कार्यान्वयनका लागि सरोकारवालासंग एक दिने छलफल कार्यक्रममा मेल्लेख गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खडक बहादुर धामी लगायत सम्पूर्ण शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण आस्था नेपालका भ्वान सिंह सार्कीले गर्नु भएको थियो।