अछामका भूपदेव शाह रास्वपाका महामन्त्री नियुक्त


पैरवी खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अछामका भूपदेव शाहलाई महामन्त्रीको जिम्मेवारी दिएको छ। सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले उनलाई उक्त पदमा चयन गर्ने निर्णय गरेको हो।
पार्टीका प्रवक्ता मनिष झाले बैठकबाट प्रस्ताव पारित भई शाहलाई महामन्त्री बनाइएको जानकारी दिएका छन्। यसअघि केन्द्रीय सदस्यका रूपमा सक्रिय रहेका शाह अब पार्टीको केन्द्रीय नेतृत्वमा थप जिम्मेवारीसहित देखिने भएका छन्।
शाह काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग निकट सम्बन्ध राख्ने व्यक्तिका रूपमा चिनिन्छन्। बालेन शाह रास्वपामा आबद्ध हुँदा उनी पनि सचिवालय तहमा सहकार्य गर्दै आएका थिए। प्रमुख स्वकीय सचिवको भूमिकामा काम गरिसकेका शाहलाई संगठनभित्र प्रभावशाली युवा नेताका रूपमा हेरिन्छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनले अछाम क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका थिए। तर उक्त निर्वाचनमा भने उनी विजयी हुन सकेनन्।