काठमाडौं । अछाम घर भई हाल काठमाडौंमा बसोबास गर्ने व्यक्तिहरूको साझा संस्था “अछामी समाज काठमाडौं” द्वारा २०८३ वैशाख ५ गते गोदावरीमा साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम समाजका अध्यक्ष रगं विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको हो।
साधारण सभाबाट चेतमान तिरुवाको संयोजकत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। उप–संयोजकमा केशर आउजी, सचिवमा मनिष विक, कोषाध्यक्षमा तारा आउजी, सह–सचिवमा सुरेश विक तथा सदस्यमा पुस्प विक लगायत रहेका छन्।
कार्यक्रममा नेपाली समाजसेवी रुपबहादुर शाही ,नेपाल सरकारका सह सचिव दिपक विक , राखेप पुर्व सदस्य एवं कृकेट प्रशिक्षक जगत टमट्टा, नेपाल रास्ट्र बैंकमा कार्यरत भरत ओडको सहभागिता रहेको थियो। सो अवसरमा समाजका गतिविधिहरूको समीक्षा गर्दै आगामी योजनाबारे छलफल गरिएको थियो। साथै, समाजका महत्वपूर्ण व्यक्तित्वहरूलाई सम्मान गर्दै नेपाल क्रिकेट टिमका पूर्व प्रशिक्षक तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगत टमट्टा, प्रशासन पाँचौं तहमा कार्यरत ध्रुव विक , स्थायी शिक्षक रुपा टेलर नेपाली र संसद सचिवालयमा कार्यरत अशोक विकलाई सम्मान गरिएको थियो।
कार्यक्रममा सहभागी सबैप्रति आयोजकले आभार व्यक्त गर्दै नव-निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएको छ।


