साँफेबगर ।
बाल संजाललाई एक दिने अभिमुखिकरण हात्तिकोटमा सम्पन्न भएको छ। मेल्लेख गाउँपालिका वडा नम्बर ८ हात्तिकोटको समन्वय तथा आस्था नेपाल र वल्र्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बाल संजालका पदाधिकारीलामई अभिमुखिकरण सम्पन्न भएको हो।
अभिमुखिकरण कार्यक्रम मार्फत बाल संजालको काम कर्तव्य र अधिकार, समुदाय स्तरमा सामाजिक कुप्रथा तथा कुसंस्कार न्यूनीकरणका लागि स्थानीय सरकारसंग समन्वय तथा सहकार्य गर्ने र बाल संरक्षण सामाजिक संजालको सहि सदुपयोग गर्ने बारेमा जानकारी गराईएको थियो।
बाल संजालका अध्यक्ष तुल्सी सुनारको अधयउक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउँपालिका वडा नम्बर ८ हात्तिकोटका वडा अध्यक्ष तथा बाल अधिकार समितिका संयोजक महेश ठकुल्ला रहनु भएको थियो।
प्रमुख अतिथि ठकुल्लाले बालबालिकाको सशक्तिकरण तथा क्षमता विकासका लागि चालु आर्थिक वर्षमा ५० हजार बजेट विनियोजन गरिएको र आगामी वर्ष बालबालिकाको क्षमता विकास, बाल अधिकार प्रर्वद्धन र बालमैत्री स्थानीय साशनयुक्त वडा घोषणाका लागि आवस्यकताका आधारमा बजेट विनियोजन गरिने बताउनु भएको छ।
यस्तै अभिमुखिकरण कार्यक्रममा वडा सदस्य निर्प आउजी, बाल संजालका पदाधिकारीहरुको सहभागिता रहेको थियो। अभिमुखिकरण कार्यक्रमको सहजीकरण आस्था नेपालका भ्वान सिंह सार्की र ध्रुव बहादुर स्वारले गर्नु भएको थियो।


