साँफेबगर । साँफेबगर नगरपालिका सामाजिक सुरक्षा तथा पन्जीकरण शाखाको आयोजनामा नगरपालिकाको वडा नम्बर १ बैजनाथमा व्यक्तिगत घटना दर्ता सप्ताहको अवसरमा कर्मचारी, जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
अभिमुखिकरण कार्यक्रममार्फत जन्म, मृत्यु, विवाह, बसाइँसराइ लगायतका व्यक्तिगत घटनाको समयमै दर्ता गर्ने प्रक्रियाबारे जानकारी दिइएको थियो भने सामाजिक सुरक्षा भत्ता व्यवस्थापन सम्बन्धी विषयमा पनि सहभागीहरुलाई अभिमुखीकरण गरिएको थियो।
वडा अध्यक्ष नन्द बहादुर ठकुल्लाको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रमको संचालन तथा प्रशिक्षण सामाजिक सुरक्षा तथा पन्जीकरण शाखाका पदम बादीले गर्नुभएको थियो ।
उक्त अभिमुखीकरण कार्यक्रम २ गते बुधबार साँफेबगर नगरपालिकाको वडा नम्बर ४ मस्टामाण्डौमा सम्पन्न भइसकेको छ। निरन्तर सबै वडामा समेत यस्तै कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
कार्यक्रमले स्थानीय तहमा सेवा प्रवाहलाई प्रभावकारी बनाउनुका साथै नागरिकलाई आफ्नो अधिकारप्रति सचेत गराउने अपेक्षा गरिएको छ।


