अछाम । राष्ट्रिय स्वतन्त्र पार्टी मंगलसेन नगर कार्य समितिले नयाँ वर्षको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । पार्टीका नगर सभापति भिम सोडारीको अध्यक्षतामा भएको २०८३ सालको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका जिल्ला कार्य समिति सदस्य सेतीराम भण्डारी प्रमुख अतिथि रहनु भएको थियोे । कार्यक्रममा बोल्दै नेता भण्डारीले नयाँ वर्षको अवसरमा सबैलाई शुभकामना दिदै पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउन सबै समर्थकहरू ईमानदारीतका साथ लाग्नुपर्ने बताउनुभयो । समुदायमा आफ्नो व्यक्तिगत स्वार्थ भन्दा पनि सामुहिक हितका लागि सोचन्नुपर्ने र पार्टी नेतृत्वको सरकारले गरेका सकारात्मक कार्यमा प्रचारप्रसारमा जोडदिन पनि सुझाव दिनुभएको थियोे । अहिलेको सरकार बाट आमा नागरिकहरूले धेरै ठूलो अपेक्षा गरेकाले पार्टी बाट निर्वाचित जनप्रतिनिधिलाई सहि सुझाव दिन आवश्यक रहेको नेता भण्डारीको भनाइ छ । शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्य कर्ताको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन नगर सचिव मिलन नाथले गर्नुभएको थियोे ।


