मेल्लेखमा A2J II परियोजनाको परिचयात्मक बैठक सम्पन्न


पैरवी खबर

अछाम — अछामको मेल्लेख गाउँपालिकामा महिला तथा
सीमान्तकृत समुदायको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यसहित “Access to Justice (A2J II)” परियोजनाको परिचयात्मक बैठक सम्पन्न भएको छ।
मेल्लेख गाउँपालिकाको समन्वय, आस्था नेपालको आयोजनामा तथा UNDP को सहयोगमा उक्त बैठक/कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा परियोजनाको उद्देश्य, कार्यक्षेत्र तथा कार्यान्वयन प्रक्रियाबारे सहभागीहरूलाई विस्तृत जानकारी गराइएको थियो। विशेष गरी महिला, दलित तथा सीमान्तकृत समुदायलाई न्यायमा सहज पहुँच सुनिश्चित गर्ने, कानुनी सचेतना अभिवृद्धि गर्ने तथा स्थानीय तहमा न्यायिक सेवा प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।
बैठकमा गाउँपालिकाका जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीय समुदायका अगुवाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले परियोजनाले स्थानीय स्तरमा न्यायिक पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रमले समुदायस्तरमा न्यायप्रति विश्वास बढाउने र लक्षित वर्गलाई सशक्त बनाउने अपेक्षा गरिएको छ ।