साँफेबगर — साँफेबगर नगरपालिकामा महिला तथा सीमान्तकृत समुदायको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यसहित “Access to Justice (A2J II)” परियोजनाको परिचयात्मक बैठक सम्पन्न भएको छ।
साँफेबगर नगरपालिकाको समन्वय, आस्था नेपालको आयोजना तथा UNDP को सहयोगमा कार्यक्रम सम्पन्न भएको हो। नेपाल सरकारको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) को सहयोगमा महिला सशक्तीकरण मंच नेपालद्वारा संयुक्त रूपमा उक्त परियोजना सञ्चालन गरिएको हो।
परियोजनाले विशेषगरी महिला तथा सीमान्तकृत समुदायको न्यायिक पहुँच सहज बनाउने, अधिकारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने तथा स्थानीय तहसँग सहकार्य गर्दै न्याय प्रणालीलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
कार्यक्रमका क्रममा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरलाई परियोजना औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।
बैठकमा जनप्रतिनिधिहरू, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शंकर थापा, विषयगत शाखाका प्रमुखहरू, आस्था नेपालका सचिव कृष्णप्रसाद देवकोटा, परियोजना अधिकृत तपेन्द्र ठकुल्लाल, बाल संरक्षण अधिकृत भ्वान सिंह सार्की लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले परियोजनाले स्थानीय स्तरमा न्यायमा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।


