५ फागुन २०८२
साँफेबगर – अछामको साँफेबगर नगरपालिकामा अटो दुर्घटना भएको छ ।
साँफेबगर नगरपालिकाको वडा नम्बर ४ मस्टामाण्डौमा आज दिउँसो करिब ११ बजे तिर सु. प. प्र. ०० १ ह ६९८५ नम्बरको अटो दुर्घटना भएको हो । दुर्घटनामा परि मस्टामाण्डौ घर भएका चालक शंकर टमट्टा सहित उनकै घरका ३ जना गम्भीर घाइते भएका छन । घाइते हुनेमा चालककि आमा गङा टमट्टा र उनका दाइ पुरन टमट्टा रहेका छन ।
अहिले घाइतेहरुको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।


