अछाम । चौरपाटी गाउँपालिका–७ मार्कुका १२ वर्षीय बालक सुदिप बोगटी मृत अवस्थामा रुखमा झुन्डिएको फेला परेका छन्।
घरबाट माघ २० गते बिहान करिब १० बजे हराएका सुदिप गाउँ नजिकैको बन क्षेत्रमा आज झुन्डिएको अवस्थामा भेटिएका हुन्। घटनाको जानकारी पाएलगत्तै स्थानीयवासी तथा सुरक्षाकर्मी घटनास्थल पुगेका थिए।
घटनापछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ। बालकको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


