अछाम । नेपाली कम्युनिष्ट पार्टी ढकारीको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । दिल बहादुर थापाको अध्यक्षतामा सम्पन्न भेलामा पार्टीका उमेदवार बल बहादुर कुवँरलाई विजयी गराउन प्रचार प्रसारलाई तिव्रता दिने, आ–आफ्नो गाउँटोलमा रहेका आफ्ना मतहरु सुरक्षित राख्ने लगायतका निर्णहरु समेत गरेको छ । भेलामा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा क्षेत्र न २ का चुनाव परिचालन समितिका संयोजक भरत साउद प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै नेता साउदले नेपाली कम्युनिष्ट पार्टीको पक्षमा व्यापक जनलहर रहेको भन्दै जिल्लाका दुईवटै निर्वाचन क्षेत्रमा पार्टीका उमेदवार विजयी हुने दाबी गर्नुभएको छ । प्रचार प्रसारको क्रममा गाउँमा जादा नेपाली कम्युष्टि पार्टीलाई जिताउन आफुहरु आतुर रहेको बताउने गरेका नेता साउँदको भनाई छ ।
कार्यक्रममा बोल्दै पार्टीका क्षेत्र न २ का उमेदवार बल बहादुर कुवँरले एक पटक आफुलाई अवसर दिएर हेर्न आम मतदाताहरुलाई अनुरोध गर्नुभएको छ । अरुलाई पटक पटक जिताएर पठाएपनी जनताको पक्षमा काम गर्न नकसकेको भन्दै उहाले यो पटक आफुलाई मतदान गर्न आग्रह गर्नुभएको हो । भेलामा नेपाली कम्युनिष्ट पार्टी नेता तथा अछाम जिल्ला क्षेत्र नं २ प्रदेश सदस्य अक्कल बहादुर रावल, नेपाली कम्युनिष्ट पार्टीका नेताहरु बम रावत, नवराज साउद ,धर्मराज साउद, मान बहादुर बुढा , देबेन्द्र बहादुर बुढा,कर्ण बहादुर बुढा, पहलवान थापा ,लाल बहादुर साउद, प्रकाश थापा लगायतको सहभागिता रहेको थियो ।


