‎जातीय विभेद गरेको आरोपमा अत्तरियाका भोजराज  जोशी पक्राउ


पैरवी खबर


‎कैलाली । कैलालीको गोदावरी नगरपालिका–९ का ३५ वर्षीय राजेश बिसी माथि सार्वजनकि ठाउँमा जातीय विभेद गरेको आरोपमा स्थानीय एक जना पक्राउ परेका छन्।
‎प्रहरीले सोही नगरपालिका –२ बस्ने भगवति लेखापढी कानुनी प्ररामर्श केन्द्र अत्तरियाका संचालक ४२ वर्षीय भोजराज जोशीलाई पक्राउ गरेको हो।
‎आरोपित जोशीविरुद्ध असार ११ मा जाहेरी परेपछि उहाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार आरोपितलाई नियन्त्रणमा लिएर ७दिन म्याद थप गरि अनुसन्धान थालिएको छ ।
‎आरोपित जोशीले मासु पसल संचालन गरिरहेका बिसीको पसलमा गएर दलित समुदायमाथि जातीय विभेदजन्य शब्द ‘डुमलाई यो समाजमा राख्नुहुन्न भन्दै बिभेदजन्य नानाथरी शब्द प्रयोग गरेर गाली बेजती गरेकोले जातीय विभेदको उजुरी परेको थियो ।
‎कानुनी लेखापढी प्ररामर्शका ब्यक्तिबाट नै जातीय विभेद भएको भन्दै दलितका लागि दलित अभियानका संयोजक सन्तोष आउजीको टीमले चर्को विरोध जनाएका छन्। संयोजक आउजीले दोषीलाई हदै सम्मको कारर्वाही हुनुपर्ने बताउनुभयो ।
‎पीडित बिसीले आफूमाथि भेदभाव भएको भन्दै जातीय छुवाछूत तथा भेदभाव सम्बन्धी कसुर सजाएँ ऐन २०६८ र संशोधित २०७५ अनुसार कारबाहीका लागि ईलाका प्रहरी कार्यालय मालाखेति अत्तरियामा उजुरी दिएका थिए। नेपालको संविधान २०७२ को भाग ३, धारा २४ मा छुवाछूत तथा भेदभावविरुद्धको मौलिक हकमा जातीय भेदभावविरुद्ध दण्डनीय व्यवस्था गरेको छ।

‎जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को दफा ७ मा कसुर र विभेदको अवस्था हेरेर तीन महिनादेखि ३ वर्षसम्म कैद, एक हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ।