साँफेबगर – दलित संजाल , दलित महिला संजाल , दलित महिला वडा सदस्य , र कार्यपालिका सदस्यहरु लाई मानव अधिकार , सामाजिक रुपान्तरण , नेतृत्व विकास र स्थानीय तहको योजना तर्जुमा सम्बन्धि २ दिने अभिमुखिकरण साँफेबगरमा सुरु भएको छ ।
साँफेबगर नगरपालिकाको आर्थिक सहयोग र दलित नगर संजाल साँफेबगर अछामको आयोजनामा अभिमुखिकरण सुरु भएको हो ।
अभिमुखिकरण भोलि ८ गते आइतबार समापन हुने छ । दलित नगर संजालका अध्यक्ष गणेश तिरुवाको अध्यक्षतामा सुरु भएको अभिमुखिकरण कार्यक्रम साफेबगर नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले उदघाटन गर्नुभएको हो ।
अभिमुखिकरण उदघाटन कार्यक्रममा , वडा अध्यक्ष , कार्यपालिका सदस्य , र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

२ दिने अभिमुखिकरण कार्यक्रममा , प्रेम बहादुर लुहार प्रमुख सहजकर्ताको रुपमा हुनुहुन्छ भने सहायक सहजकर्ता बल बहादुर के सी हुनुहुन्छ ।


