जन्मदिनको अवसरमा वडाध्यक्ष बोगटीद्वारा गौशालालाई आर्थिक सहयोग


पैरवी खबर

साँफेबगर – आफ्नो जन्मदिनको अवसरमा ललित
बहादुर बोगटीले गौशालालाई आर्थिक सहयोग गरेका छन ।
चौरपाटी गाउँपालिका वडा नम्बर ७ मार्कुका वडा अध्यक्ष बोगटीले साँफेबगर नगरपालिका १० घुघुरकोट को विशाल बजार स्थित कामधेनु गौशालालाई रु .३ हजार ५ सय रुपैयाँ सहयोग गरेका हुन ।
पछिल्लो समय जन्मदिनको अवसरमा मानिसहरुले अनावश्यक रुपमा फजुल खर्च गरिरहेका हुन्छन , तर आफुले तेसो नगरी जन्मदिनमा हुने फजुल खर्च कटाएर गौशालालाई सहयोग गरेको वडाध्यक्ष बोगटीले बताउनु भयो ।
गौशालाका संरक्षक सन्यासी हरि अनन्त गिरिले व्यक्तिगत रुपमा आर्थिक तथा भौतिक सहयोग गरि गौशाला संरक्षणका लागि हौसला बढाउन प्रेरित गर्नुभएको भन्दै अध्यक्ष बोगटीलाई धन्यवाद व्यक्त गर्नुभएको छ , साथै वडा कार्यालयको तर्फबाट पनि गौशालालाई सहयोग गरिदिन सन्यासी गिरिले आग्रह गर्नुभएको छ ।
कामधेनु गौशालालाई वडा कार्यालयबाट सकिने सहयोग र सदैव ब्यक्तिगत रुपमा पनि सहयोग गर्ने अध्यक्ष बोगटीले बताउनु भयो ।
बोगटीले यो भन्दा अगाडी पनि थुप्रै गरिब , दिनदुखि , असाह्य , लगायत पछाडी परेको बर्ग समुदायका ब्यक्तिहरुलाई सहयोग गर्दै आउनु भएको छ । उहाँ पहिल्यै देखि नै समाज सेवामा समर्पित हुनुहुन्छ ।