ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम तथा प्रजनन रुग्णता स्वास्थ्य सेवा शिविर खप्तडमा सम्पन्न


पैरवी खबर

साँफेबगर – साँफेबगर नगरपालिका वडा नम्बर १२ खप्तडमा १ दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
साफेबगर नगरपालिकाको आर्थिक सहयोग र स्वास्थ्य चौकी खप्तडको आयोजनामा ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम र प्रजनन रुग्णता स्वास्थ्य सेवा शिविर सम्पन्न भएको हो ।
पाठेघरको मुखको क्यान्सर खोज पडताल शिविरमा जम्मा ७५ जना महिलाले सेवा लिएका छन ।
गर्भवती महिलालाई दिइने ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम अन्तर्गत सेवा लिनेमा ८ जना रहेका छन , पाठेघर खस्ने समस्या भएका महिलाहरु ११ जना (सेकेन्ड डिग्री ) र भि. आइ. ए.पोजेटिभ ४ जना शिविरमा देकिएका हुन । भि.आइ.ए. पोजेटिभ देखिएकाहरुलाई थप परामर्श र उपचारका लागि बाहिर रिफर गरिएको हेल्थ असिस्टेन्ट हर्कदेव जोशीले जानकारी दिनुभयो ।
शिविरमा सि .अनमी जानकी शाह , विजयालक्ष्मी उपाध्याय र स्वास्थ्य चौकी खप्तडका स्वास्थ्यकर्मी हरुले सेवा दिएका थिए ।
शिविर उदघाटन कार्यक्रममा वडा अध्यक्ष जनक कडायतको अध्यक्षतामा भएको थियो , वडाका जनप्रतिनिधिहरु लगायतको शिविरमा सहभागिता रहेको थियो ।