साँफेबगर नगरपालिकाद्वारा गरियो विभिन्न विद्यालयको अनुगमन


पैरवी खबर

साँफेबगर – साँफेबगर नगरपालिका विद्यालय अनुगमन कार्यदलद्वारा साँफेबगर नगरपालिकाका विभिन्न विद्यालयहरुको अनुगमन गरिएको छ ।

यहि १८ गते बुढाकोट र पातलकोटका विभिन्न विद्यालयहरु बाट सुरु गरिएको विद्यालय अनुगमन १९ गते साँफेबगर नगरपालिका- ५ नवाठानामा जाल्पादेवी आधारभूत विद्यालय -६ नम्बर वडा भागेश्वरको चन्द्रोदय प्राथमिक विद्यालय, ७ नम्बर वडा रिडिकोटमा सरस्वती प्रावि , विपि स्मृति प्रावि , सरस्वती प्रावि ककडसात , ८ नम्बर वडा चन्डिकामा महेन्द्र मावि , पृथ्वी प्रावि ,जगदम्बा प्रावि ,मदरसा दारुल पुरान र नवदुर्गा आविमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा विद्यालयको शैक्षिक अवस्था र विद्यालय प्रशासन , भौतिक संरचना तथा विद्यालयको वर्तमान अवस्था बारे अनुगमन गरिएको थियो ।

अनुगमनमा साँफेबगर नगरपालिका सामाजिक विकास समिति संयोजक तथा विद्यालय अनुगमन कार्यदल संयोजक जनक कडायत , नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक झंकर खनाल , नगर शिक्षा समिति साँफेबगरका भगवती खनाल , अनुगमन कार्यदल सदस्य उमाकान्त जोशी , पत्रकार एकेन्द्र महता र रमेश परियारको सहभागिता रहेको थियो ।