अछाम – प्रेस चौतारी नेपाल अछामको छैटौं जिल्ला अधिवेशनको बन्दसत्रले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । कृष्ण बहादुर बुढाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।
जसमा उपाध्यक्ष रमण भट्ट, आकांक्षा सिंह, सचिव कमल रावल, सह सचिव चन्द्र भाट, रेणुका परियार र कोषाध्यक्ष माया जैसी लगाएतका सदस्य रहेका छन ।
त्यसैगरी ३ जना प्रदेश र केन्द्रीय प्रतिनिधि चयन गरिएको छ । प्रदेश प्रतिनिधिमा टेक बहादुर थापा, एकेन्द्र महता, कल्पना बोहरा र पुष्पराज भट्ट, विष्णु प्रसाद भण्डारी, भानु ढकाल, माया देवी बुढा चयन भएका छ ।


