साँफेबगर – माघ १९ गते राती साँफेबगर नगरपालिका वडा नम्बर ४ गैराखाल्सैनमा अपरिचित ब्यक्तिले चोरी गरेका छन । राती घरमा कोहि नभएको मौका छोपी जितेन्द्र कुँवरको घरको बाख्रा गोठबाट १ बोका सहित भान्सा कोठामा भएका केही सामग्रीहरु पनि चोरी गरेको पाइएको छ ।
त्यसै राती खाल्सैन स्थित हिमालय माविमा पनि चोरी भएको छ । विद्यालयको लेखा शाखाको ढोका तोडफोड गरि दराज भित्र भएको नगद सहित मोबाइल को चार्जर गित बजाउने बुफर पनि चोरी भएको छ ।
लेखापाल तर्क कुवरका अनुसार ” लेखा शाखामा पैसा चोरी गर्ने उद्देश्यले आएका रहेछन दराज पनि तोडफोड गरेका छन तर आफुले दराज भित्र नगद ५ सय मात्र राखेको हुनाले त्यो पैसा मात्र लिएको बताए ।”
पुनः त्यसै राती साँफेबगर नगरपालिकाकै वडा नम्बर ५ नवाठानाको साँफेबगर मेल्लेख सडकमै पर्ने मावलाखडी पटकानी नजिकै रहेको लोक बहादुर बोगटीको पसल तोडफोड गरि नगद ३०००/- सहित दैनिक उपभोग्यका सामान चोरी गरेका छन ।
यो घटनामा संलग्नहरुलाई अनुसन्धान गरि कार्वाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय साँफेबगरलाई आग्रह गरिएको जितेन्द्र कुँवरले बताए ।


