भुमि समस्या समाधान आयोग अछामको अध्यक्षमा राम बहादुर आउजी नियुक्त


पैरवी खबर

अछाम -भुमि समस्या समाधान आयोग जिल्ला समिति अछामको अध्यक्ष पदमा राम बहादुर आउजी नियुक्त भएका छन ।
अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ६ दुनिका आउजी अध्यक्ष पदमा नियुक्त भएका हुन ।
माननीय मन्त्रीस्तरको मिति २०८१/०९/ २९ गतेको निर्णय अनुसार उहाँलाई उक्त पदमा नियुक्त गरिएको नियुक्ति पत्रमा उल्लेख छ ।
आयोगले भुमिहिन , दलित , भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासिको समस्या समाधानका लागि काम गर्ने छ ।