सान्निकोट मेलालाई शान्तिपूर्ण र मर्यादित बनाउन सुरक्षा निकायका प्रमुखसंग छलफल


पैरवी खबर

साँफेबगर – श्री सान्निकोट बज्रयोगिनी धार्मिक पर्यटन प्रवर्द्धन विकास संस्था चौरपाटी गाउँपालिका -०७ मार्कु सान्निकोट मन्दिरमा यहि असोज २५ गते अस्टमीका दिन मनाइने हिन्दु नेपालीहरुको महान चाँड बडा दसैंलाई भब्य रुपमा सफल पार्नका लागि
सुरक्षा व्यवस्था बारे छलफल भएको छ ।

सुरक्षाका दृस्ठिकोणले बडा दसैं मेलालाई शान्तिपूर्ण र मर्यादित बनाउन ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख उमेश बहादुर चन्द र सशस्त्र प्रहरी बल खप्तड गुल्मका इन्सपेक्टर योगेन्द्र भण्डारी संग छलफल गरिएको हो ।

मेला अवधिभर कुनै किसिमका अपराधीक घटनाहरु हुन नदिने र आफुहरुलाई आयोजक र स्वयंसेवकहरुको महत्त्वपूर्ण सहयोग चाहिने सुरक्षाकर्मी चन्द र भण्डारीले बताउनु भयो ।

छलफलमा मार्कुका वडा अध्यक्ष ललित बहादुर बोगटी र सान्निकोट बज्रयोगिनी धार्मिक पर्यटन प्रवर्द्धन विकास संस्थाका सचिव चेतमान बोगटीको सहभागिता रहेको वडाध्यक्ष बोगटीले जानकारी दिनुभयो ।