खेमराज बुढा
अछाम, असार १५
नेपाल कम्युनिष्ट पार्टी पश्चिम अछामद्वारा विभिन्न जातका तरकारीहरू लगाएको छ । शुक्रबार नेकपाले अछामको साफेबगर नगरपालिका ०४ जनकल्याण विद्यालय नजिकै नेकपा केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज मीना सी को उपस्थितमा करिब ७ रोपनी जमीनमा विभिन्न जातका तरकारीहरू, मकै लगाउदै श्रम उत्सव मनाएको हो ।
आम जनतालाई कृषि खेती प्रतिको उत्प्रेरणा जगाउन र आत्मनिर्भरताको नीतिमा लैजान आफूहरु प्रत्यक्ष रुपमा उत्पादन कार्यमा लागेको नेकपा अछाम जिल्ला इन्चार्ज मीना सी ले बताए । “ पार्टीले लिएको आत्मनिर्भरताको नीति अन्तर्गत श्रम र उत्पादनलाई बढावा दिने र देशमै रोजगारी सिर्जना गरी परनिर्भरता घटाउने योजना छ ” रहेको इन्चार्ज सी ले बताउदै देशमा श्रम संस्कृतिको विकास गरी कृषि खेतीलाई विकास र समृद्धि संग जोड्नुपर्ने उनको भनाइ छ ।
उक्त श्रम कार्यक्रममा नेकपा केन्द्रिय प्रतिनिधि सदस्य तथा पश्चिम अछाम सचिव निरक सी लगायत जिल्लाका नेता कार्यकर्ता को सहभागितामा भव्य रुपले मनाएको थियो ।
असार १५ धान दिवसकै दिन नेकपाले देशैभरि श्रम उत्सव तथा धान दिवस मनाएको छ ।


