साँफेबगर । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत महालक्ष्मी विकास बैंक साँफेबगर अछामले एक कार्यक्रमका बीच आर्थिक सहयोग गरेको छ ।
बान्निगढी जयगढ गाउँपालिका वडा न.१ गाँजरा स्थित श्री रास्ट्रभाषा माध्यमिक विद्यालयलाई रु .१ लाख ५० हजारको (चेक ) रकम हस्तान्तरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकलाई बैंकका प्रबन्धक पुनित शाहद्वारा रकम हस्तान्तरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष चेतमान खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बान्निगढी जयगढ गाउँपालिका वडा न.१का वडा अध्यक्ष गजेन्द्र बहादुर खड्का प्रमुख अतिथि रहनुभएको थियो ।
उहाँले आगामी दिनहरूमा पनि महालक्ष्मी विकास बैंकले यस्ता सकारात्मक क्रियाकलापहरु गर्दै जावस भन्दै धन्यवाद सहित आभार प्रकट गर्नुभएको हो ।
विशिस्ट अतिथिको आसनबाट बोल्दै : महालक्ष्मी विकास बैंक साँफेबगर अछामका शाखा प्रबन्धक पुनित शाहले सदैव विद्यालय र बैंकबीच आपसी साझेदारी र समन्वय हुनुपर्ने बताउनुभयो ।
शिक्षिका पवनसरा तिमिल्सिना र सुशीला रावलद्वारा कार्यक्रममा उपस्थित अतिथिहरुलाई टीका र माला सहित स्वागत गरिएको हो ।
कार्यक्रममा जनप्रतिनिधि ,पुर्व गाविस अध्यक्ष , वि.व्य.स.सदस्यहरु, शिक्षक , कर्मचारी लगायत बैंकका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।
प्रधानाध्यापक भिम बहादुर सुनारले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन शिक्षक दिपक बोहराले गर्नुभएको थियो ।


