साँफेबगर नगरपालिका स्तरीय दलित संजाल गठन :अध्यक्षमा गणेश तिरुवा


पैरवी खबर

साँफेबगर । साँफेबगर नगरपालिकाको नगर स्तरीय दलित भेला आज साफेबगरमा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भेलाको बन्दशत्रबाट गणेश तिरुवाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।
जसमा : उपाध्यक्ष लक्ष्मण भुल , सचिव सर्जन परियार , कोसाध्यक्ष सत्य विक , सह सचिव मिलन सुनार ,सदस्य रमेश नेपाली लगायत अन्य सदस्यहरु रहेका छन ।
कार्यपालिका सदस्य विनोद भुलको अध्यक्षतामा भएको भेलामा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर प्रमुख अतिथि रहनुभएको थियो ।
नगर उप प्रमुख शिवबहादुर कुँवर , नेपाली काङ्ग्रेस प्रदेश कार्य समिति सदस्य रुपा आउजी , महासमिति सदस्य अर्जुन ताम्राकार विशिस्ट अतिथि रहनुभएको थियो ।
नेकपा एमाले साँफेबगर नगर कमिटी उपाध्यक्ष ललित रैगाइ ,एकीकृत समाजवादी साँफेबगर नगर कमिटी सचिवालय सदस्य हरिश परियार , नेकपा माओवादी केन्द्र नगर कमिटी सदस्य दिनेश आउजी , समाजसेवी नयनसिंह थालारी , तुले भुल , लगायत नगरका दलित अधिकारकर्मीहरुको समेत सहभागिता रहेको थियो ।

कार्यपालिका सदस्य मुकेश सुनारले स्वागत मन्तव्य राख्नुभएको भेलाको संचालन अनिल कुमार रैगाइले गर्नुभएको थियो ।