राखेपका कार्यकारी सदस्य एकेन्द्र कुँवर द्वारा विद्यार्थीहरुलाई पोशाक सहयोग


पैरवी खबर

३१, भदौ -२०८१
साँफेबगर – बुढाकोट माध्यमिक विद्यालय साँफेबगर नगरपालिका वडा नम्बर ९ बुढाकोटको ६७ औं अभिभावक भेला सम्पन्न भएको छ । भेलाको अवसरमा राष्ट्रिय खेलकुद परिषदका कार्यकारी सदस्य एकेन्द्र बहादुर कुँवरलाई विद्यालयले अभिनन्दन गरेको छ ।

साँफेबगर नगरपालिका वडा नम्बर ९ बुढाकोटमा जन्मनु भएका कुँवरले बुढाकोट माविमा अध्ययनरत कक्षा १ देखि १० सम्मका २ सय जना विद्यार्थीहरु लाई ४ लाख ९० हजारको विद्यालय पोशाक सहयोग गरेका छन । कुँवरले बुढाकोटकै कर्ण प्राथमिक विद्यालयमा अध्यनरत २७ जना विद्यार्थीलाई र सरस्वती आधारभुत विद्यालयमा ५२ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक सहयोग गरिएको प्र.अ .कृष्ण साउँदले बताउनुभयो ।
साथै बुढाकोट मावि र युवा क्लबलाई खेलकुद सामाग्री पनि प्रदान गर्नुभएको छ।

विद्यालय ब्यवस्थापन समिति अध्यक्ष धुर्ब बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका कार्यकारी सदस्य एकेन्द्र बहादुर कुँवरले प्रमुख अतिथिको आसनबाट बोल्दै :आफ्नो बुवा आमाको सम्झनामा विभिन्न ठाउँहरुमा जस्तै अस्पतालहरु, गरीब , दिनदुखी , टुहुरा बालबालिकाहरु लाई सहयोग गर्दै आएको र यो विद्यालयमा पनि बुवा आमाको नाममा जम्मा गरेको कोषबाट विद्यार्थीहरु लाई पोशाक सहयोग गरेको बताउनुभयो । उहाँले आफ्नो बालापन देखि नै अध्ययन गरेको विद्यालय हुनाले र विद्यार्थीहरुलाई चिसो महिनामा जाडोबाट बच्नका लागि पनि सौजन्य गरेको बताउनु भयो । कुँवरले यो भन्दा अगाडी पनि कोभिडको बेला धेरै अस्पतालहरुमा स्वास्थ्य सामाग्री र थुप्रै विरामीहरुलाई सहयोग गर्नुभएको थियो । उहाँले आगामी दिनहरुमा पनि यस्ता खालका सहयोगहरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अभिभावक भेला तथा अभिनन्दन कार्यक्रममा साँफेबगर नगरपालिकाका नगर उप प्रमुख शिव बहादुर कुँवर , नेकपा एमाले प्रदेश सदस्य मीन बहादुर कुँवर , नेकपा एकीकृत समाजवादी प्रदेश कमिटी सदस्य हिक्मत कुँवर , नेपाल निर्माण ब्यवसायीका बिष्णु प्रसाद लामिछाने विशिस्ट अतिथि रहनुभएको थियो ।
साँफेबगर ९ बुढाकोटका वडा अध्यक्ष दिपक कुँवर , नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य नर बहादुर कुँवर, जिल्ला कमिटी सदस्य पुस्पराज भट्ट , समाजवादीका जिल्ला कमिटी सदस्य सुरेश कुँवर, अर्जुन कुँवर , नेपाली काङ्ग्रेसका सुरथ बहादुर कुँवर, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति सदस्य तपेन्द्र कुँवर, नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्मसिंह खत्री , राष्ट्रिय दलित पत्रकार संघ अछामका अध्यक्ष रमेश परियार अतिथि रहनुभएको थियो ।
विद्यालयको आर्थिक प्रतिवेदन प्रधानाध्यापक चक्र बहादुर कुँवरले प्रस्तुत गर्नुभएको थियो भने भेलाको संचालन सहायक शिक्षक पुर्ण बुढाले गर्नुभएको थियो ।