साँफेबगर, । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) साँफेबगर नगर समितिको समायोजन तथा शपथग्रहण कार्यक्रमअन्तर्गत प्रथम पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।
नगर संयोजक ढकेन्द्र कुँवरको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्य तथा भारत प्रवास इन्चार्ज एवं पूर्वमन्त्री शेरबहादुर कुँवर प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज कुलबहादुर कुँवर, जिल्ला संयोजक प्रकाश शाह, केन्द्रीय सदस्यहरू देवबहादुर कुँवर, शिलोज कुँवर, केशर मियाँ, बालगिरि कुँवर, सागर सिंह बाब्ली, भरतबहादुर स्वार, केन्द्रीय सल्लाहकार लालबहादुर खड्का, हर्कबहादुर कुँवर, प्रदेश समिति सदस्य हिक्मतबहादुर कुँवर, बिर्मला बुढाथापा, नगर इन्चार्ज हिक्मत कुँवर, जयन्ती बोगटी, दीपक कुँवर, मुकेश सुनार, उजिर साउद, सुरेश कुँवर, सीता कुँवर, भरत कुँवर, जिल्ला युवा इन्चार्ज एकेन्द्र कुँवर, जिल्ला कार्यालय सचिव रतन रावल , हिरण्य ठकुल्ला, रंग ठकुल्लालगायतको उपस्थिति रहेको थियो।
बैठकले नगरका विभिन्न समितिहरू समायोजन गर्दै १२१ सदस्यीय नगर समिति गठन गरी पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहण गराएको छ। साथै, साँफेबगर नगरपालिकाका १४ वटै वडाका संयोजक र सहसंयोजक चयन गरिएको, सबै वडामा समायोजन भेला सञ्चालन गर्ने मिति तय गरिएको तथा पार्टी सदस्यता नवीकरण अभियान सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ।
कार्यक्रममा नेत्र परियारले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने एकेन्द्र कुँवर, जयन्ती बोगटी, हिक्मत कुँवर, सागर सिंह बाब्ली, भरतबहादुर स्वार, शिलोज कुँवर, प्रकाश शाह, कुलबहादुर कुँवर तथा शेरबहादुर कुँवरले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमको सञ्चालन नगर सहसंयोजक ध्रुव थापाले गर्नुभएको थियो।


