स्वास्थ्य सेवामा पहुँच बढाउन कपनमा नयाँ फार्मेसी सञ्चालन


पैरवी खबर

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका -१० ज्योति नगर बालुवाखानी कपनमा “आफन्त केयर फार्मेसी” सञ्चालनमा आएको छ। कमलेस कुँवर र कृपा फोजु कुँवरद्वारा सञ्चालित फार्मेसीको उद्घाटन पूर्व राजदूतले गर्नुभएको हो।
उद्घाटन समारोहमा बोल्दै उहाँले युवाहरू विदेश पलायन भइरहेका बेला स्वदेशमै व्यवसाय सञ्चालन गर्नु सकारात्मक उदाहरण भएको बताउनुभयो।
फार्मेसी सञ्चालिका कृपा फोजु कुँवरका अनुसार स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्ने उद्देश्यले फार्मेसी सञ्चालनमा ल्याइएको हो। यहाँ विभिन्न रोगका औषधि, स्किन केयर तथा स्वास्थ्यसम्बन्धी सामग्री उपलब्ध हुनेछन्।
कार्यक्रममा पूर्व मन्त्री लगायतको उपस्थिति रहेको थियो।