दलित सशक्तिकरण तथा क्षमता अभिवृद्धि सम्बन्धि ४ दिने तालिम चौरपाटीमा सम्पन्न ।


पैरवी खबर

अछाम – दलित सशक्तिकरण तथा क्षमता अभिवृद्धि सम्बन्धि ४ दिने तालिम चौरपाटीमा गाउँपालिकामा सम्पन्न भएको छ ।
चौरपाटी गाउँपालिका स्तरीय दलित नेटवर्कको आयोजना र चौरपाटी गाउँपालिकाको आर्थिक सहयोगमा यहि २२ गतेदेखि सुरु गरिएको तालिम आज सम्पन्न भएको हो ।
चौरपाटी गाउँपालिकाका ७ ओटै वडा बाट १०-१० जनागरी जम्मा ७० जना सहभागीहरुका बीच तालिम संचालन गरिएको थियो ।
तालिममा मानव उत्पत्ति र विकास , जात व्यवस्थाको सुरुवात , नेपालमा जात र वर्ण व्यवस्था , आरक्षण र दलित शब्दको अर्थ , नेपालमा दलितकालागि कानुनी व्यवस्था , दलित आन्दोलन र एकताको प्रश्न , दलित समुदायका सवाल समस्या र चुनौती एवं संजालको आगामी भुमिका बारे सहारा फाउन्डेसन नेपालका अध्यक्ष सुर्जन नेपालीले प्रशिक्षण दिनुभएको थियो ।

स्थानीय तहको बजेट तर्जुमा र त्यसमा दलित जनप्रतिनिधिकाे सहभागिता तथा खेल्न सकिने भुमिका स्थानीय तहबाट प्रदान गरिने सेवा सुबिधाहरू , व्यक्तिगत घटना दर्ता सम्बन्धि आवश्यक पर्ने कागजात र प्रक्रिया सम्बन्धि जानकारी र दलित समुदायका ब्यक्तिहरूकाे थर परिवर्तन सम्बन्धि जानकारी , नागरिकता प्राप्ति र सेवाकालागि चाहिने कागजात तथा प्रक्रिया , दलित समुदायमा निजामती कर्मचारी र अन्य क्षेत्रमा सहभागिताको अवस्था , दलित जनप्रतिनिधिको काम कर्तव्य अधिकार र जिम्मेवारीका विषयमा साँफेबगर नगरपालिका वडा नम्बर ०४ का वडा सचिव धुर्ब वि क ले प्रशिक्षण दिनुभएको थियो ।
चौरपाटी गाउँपालिका स्तरीय दलित नेटवर्कका अध्यक्ष नवराज विकको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रम पालिका अध्यक्ष भिम बहादुर साउदले प्रमुख अतिथिको आसनबाट बोल्दै : यस पालिकाका दलित समुदायको क्षमता अभिवृद्धि गर्नकालागि यस्ता खालका तालिमहरुको आयोजना गर्ने र यो समुदायको उत्थानकालागि आफू विभिन्न कार्य योजनारु तयार गर्दै बताउनु भयो ।
समाज हुने जातीय विभेद अन्त्य गर्नकालागि पनि आफ्नो महत्त्वपूर्ण भुमिका रहेको हुँदा उक्त विभेद अन्त्यका लागि कटिबद्ध भएर लाग्ने पनि उहाँलेबताउनु भएको छ ।
तालिमको समापन कार्यक्रममा कार्यपालिका सदस्य लगायत अन्य दलित दलित अगुवाहरुको समेत सहभागिता रहेको थियो ।