एआई प्रविधिबाट पशुधन बीमा सेवा सुरु, कृषकलाई आर्थिक सुरक्षामा टेवा


पैरवी खबर

साँफेबगर । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले नेपालमै पहिलो पटक PlantSat प्रविधिको प्रयोगमार्फत एआई-आधारित डिजिटल गाई, भैंसी तथा गोरु बीमा सेवा सुरु गरेको छ। यो कार्यक्रम UNDP Nepal द्वारा सञ्चालित समावेशी बीमा नवप्रवर्तन चुनौती अन्तर्गत कार्यान्वयन भइरहेको हो।

कार्यक्रमको मुख्य उद्देश्य पशुधनको दिगो संरक्षण, जोखिम न्यूनीकरण तथा कृषकहरूको आर्थिक सुरक्षालाई सुदृढ बनाउनु रहेको छ। आधुनिक प्रविधिको प्रयोगले बीमा प्रक्रियालाई सहज, छिटो र विश्वसनीय बनाउने विश्वास गरिएको छ।

साँफेबगरमा आयोजित कार्यक्रममा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका केन्द्रीय कार्यालयबाट पाल्नु भएका कृषि, पशुपन्छी तथा जडिबुटी बीमा विभागका राजन धमालाले मार्गदर्शन प्रदान गर्नु भएको थियो। कार्यक्रममा प्रिन्स दाहालको पनि विशेष योगदान रहेको थियो।

आयोजकले कार्यक्रममा सहयोग र सहभागिताका लागि सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।
यसैबीच, सम्पूर्ण कृषक दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्ना बहुमूल्य पशुधन जस्तै गाई, भैंसी तथा गोरुहरूलाई संभावित जोखिमबाट जोगाउन समयमै बीमा गराउन अनुरोध गरिएको छ। बीमा सेवाले आकस्मिक क्षतिबाट हुने नोक्सानी न्यूनीकरण गरी कृषकहरूको जीवनयापनमा स्थायित्व ल्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।