साँफेबगर – ०७ रिडिकोटमा वडा स्तरीय दलित संजाल गठन


पैरवी खबर

साँफेबगर – साँफेबगर नगरपालिका वडा नम्बर ०७ रिडिकोटमा वडा स्तरीय दलित संजाल गठन गरिएको छ ।
साँफेबगर नगरपालिकाको आर्थिक सहयोग , राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखाको सहकार्य तथा दलित नगर संजाल साँफेबगर र ०७ नम्बर वडा कार्यालय रिडिकोटको आयोजनामा संजाल गठन गरिएको हो ।

सकुन्तला विकको अध्यक्षतामा गठन भएको ११ सदस्यीय दलित संजालका उपाध्यक्ष मान बहादुर सार्की , सचिव नवीन ताम्राकार , कोषाध्यक्ष अप्सरा विक , सह सचिव निराजन ताम्राकार , सदस्य तिलु तिरुवा लगायत अन्य सदस्यहरु रहेका छन ।

०७ नम्बर वडा रिडिकोटका वडा अध्यक्ष हिक्मत कडायतको अध्यक्षतामा भएको दलित संजाल गठनकालागि वडा स्तरीय भेला अर्थात आजको कार्यक्रममा साँफेबगर नगरपालिका कार्यपालिका सदस्य विनोद भुल , अनिल रैगाइ , दलित नगर संजाल साँफेबगरका अध्यक्ष गणेश तिरुवा , राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखा अछामका अध्यक्ष रमेश परियार, पूर्व वडा सदस्य एकेन्द्र भुल अतिथि रहनुभएको थियो ।

भेलामा वडा स्थित दलित अगुवाहरुको समेत सहभागिता रहेको थियो ।