टेकबहादुर थापा
अछाम । बृहत यौनिकता शिक्षा कार्यक्रम निकै प्रभावकारी हुँदै गएको एक कार्यक्रममा सहभागि सरोकारवालाले बताएका छन । यो कार्यक्रमले किशोरीहरुमा धेरै किसिमको सकारात्मक परिवर्तन ल्याएको भन्दै उनीहरुले यो कार्यक्रमलाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ यस तर्फ ध्यान दिन सुझाव समेत दिएका छन । मंगलसेनमा सम्पन्न भएको बृहत यौनिकता शिक्षा प्राविधिक कार्य समुह अछामको बैठकमा सहभागि जनप्रतिनिधी, कर्मचारी, शिक्षक, किशोरी र पत्रकारहरुले यो कुरामा जोड दिएका हुन । षोडशा माध्यामिक विद्यालयका शिक्षक कलावती जोशीले बृहत यौनिकता शिक्षा लागु भईसकेपछी आफ्नो विद्यालयमा सबैभन्दा ठुलो परिवर्तन भनेको बालविवाह न्युनीकरण भएको सोही अवसरमा जानकारी गराउनु भएको थियो । पहिले विभिन्न बाहानामा बालविवाह हुने गरेको भएपनी यो कार्यक्रम संचालन भएपछी धेरै किशोर किशोरीहरुले बालविवाह गरेको खण्डमा हुने हानी र यसको न्युनिकरणका लागि आफुहरुको भूमिकाको बारेमा समेत जानकारी पाउदा बालविवाहमा न्युनिकरण आएको बताउनुभयो । षोडशा माध्यामिक विद्यालयकी किशोरी लक्ष्मी शाहीको भनाई पनि शिक्षक जोशीको जस्तै छ, शाहीले भन्नुभयो पहिले आफुलाई कक्षा कोठामा शिक्षक र साथीहरु संग बोल्न पनि अफ्ठेरो लाग्थ्यो जब यो परियोजना आफ्नो विद्यालयमा लागुभयो त्यसपछी आफुमा धेरै परिवर्तन आएको भन्दै खुसी व्यक्त गर्नुभएको छ । आजभोली विद्यालयमा हुने सबै किसिमका अतिरिक्त क्रियाकलाप संगै अन्य कार्यक्रमहरुमा पनि आफ्नो सहभागिता रहने गरेको बताउनुभयो । आफु मात्र नभई आफ्नो विद्यालयका धेरै किशोरी साथीहरुमा आफु जस्तै सकारात्मक परिवर्तन आएको भन्दै बृहत यौनिकता शिक्षाको महत्वका बारेमा समेत जानकार भएकाले यो अवसरका लागि धन्यवाद समेत दिनुभएको छ ।
सामाजिक विकास समितिका संयोजक तथा वडा न ३ का वडा अध्यक्ष बृख बहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो । बैकठमा भाग लिदै नगर प्रमुख बोहराले आफु अनुगमनको क्रममा कार्यक्रम लागु भएका विद्यालयमा जादा त्यी विद्यालयमा सकारात्मक परिवर्तन भएको पाएको हुदा यसको प्रभावकारीता बढ्दै गएको प्रति खुसी व्यक्त गर्नुभएको छ । कार्यक्रमले छोटो समयमै राम्रो परिवर्तन ल्याएको हुदा यसलाई परिणमुखी बनाउन विद्यालय परिवार संगै अन्य सरोकारवालाहरुले पनि सहयोग गर्न आग्रह गर्नुभएको छ । यस्ता कार्यक्रम बाट समुदायमा हुने गरेका नकारात्मक गतिविधी न्युनिकरण हुनेमा विश्वाश व्यक्त गर्नुभएको छ । स्थानीय सरकारलाई यी परियोजनाहरुले निकै ठुलो सहयोग गरेको उहाको भनाई थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगाना, प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, पत्रकार महासंघ अछामका उपाध्यक्ष टेक बहादुर थापा, युएन एप्पीएका अछाम प्रमुख भरत गोतामे लगायत विभिन्न शाखाका विषयगत शाखा प्रमुखहरुको बैठकमा सहभागिता रहेको थियो ।
यो परियोजना मंगलसेन नगरपालिकामा रहेका ११ वटा माध्यामिक विद्यालयमा संचालन भएको छ । वाक नेपालको आयोजना, कोइका, जिएनआई, र यु एन एप्पीएको आर्थिक सहयोगमा आयोजना गरिएको बैकठको सहजिकरण सेफगल्स परियोजना अधिकृत गौरी भण्डारीले गर्नुभएको थियो भने संचालन होम साउदले गर्नुभएको थियो ।


