अछाम । जिल्ला प्रशासन कार्यालय अछामले जिल्लाभित्र सञ्चालन हुने सबै सार्वजनिक यातायातका साधनमा CCTV (ड्यासक्याम) जडान अनिवार्य गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रशासनले यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएको हो।
जिल्ला प्रशासनका अनुसार सवारी साधनमा CCTV जडानसँगै चालक तथा सहचालकले तोकिएको पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्नेछ। साथै, यात्रु चढाउने क्रममा स्पष्ट रूपमा देखिने गरी भाडादर टाँस्नुपर्ने र सबै सवारी साधनमा GPS Tracking प्रणाली जडान गर्नुपर्ने व्यवस्था गरिएको छ।
प्रशासनले सम्बन्धित निकाय तथा व्यवसायीलाई उक्त निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ।


