साँफेबगर — साँफेबगर नगरपालिका वडा नम्बर १२ खप्तडमा नयाँ वर्ष २०८३ सालको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। वडा अध्यक्ष जनक कडायतको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा उपस्थित वक्ताहरूले नयाँ वर्षले सबैमा सुख, शान्ति, समृद्धि तथा आपसी सद्भाव बढाओस् भन्ने कामना व्यक्त गरेका थिए। कार्यक्रममा वडाका जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा अन्य सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको संचालन वडा सचिव सूर्य बहादुर थापाले गर्नुभएको थियो। सहभागीहरूले आपसी शुभकामना आदानप्रदान गर्दै आगामी दिनमा वडाको विकास र समृद्धिका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


