टेकबहादुर थापा
अछाम । अछाम जिल्लाका विभिन्न ठाउबाट तिर्थ जाने तिर्थालुहरु धमाधम तिर्थ जान थालेका छन । आफ्नो कुल सुधार गर्न भन्दै उनीहरु आ आफ्नो तिर्थ यात्रामा निस्कीएका हुन । तिर्थ जानका लागि देश विदेशमा गएकाहरु आफ्नो पुर्खेउली थलोमा आएर तिर्थ जाने गर्दछन । आफ्नो घर परिवारका मृतक सदस्यलाई तिर्थ लिने र उनीहरुको आत्माले शान्ती पाओस र आफ्नो घर परिवार र कुलको भलाईका लागि भन्दै अछामका स्थानीयहरु यतिखेर आ आफ्नो तयारीका साथ तिर्थ जान थालेका हुन । केही दिन यता अछाम जिल्लाका विभिन्न ठाउबाट तिर्थ जाने तिर्थालुहरुको निकै चहल पलह देखिने गरेको छ । कोही गाउँ नजिकैका तिर्थ स्थलहरुमा गएका छन भने कोही निकै टाढा भारतको हरिद्धारा, कासी सम्म समेत तिर्थ गएका छन ।
हरिद्धारा तिर्थ जानेहरु शनीबार बिहानै तिर्थ स्थलका लागि हिडी सकेका छन भने नजिकका तिर्थ स्थलमा जानेहरु आईतबार र सोमबार मात्रै तिर्थ निस्कने तयारीमा जुटेका छन । तिर्थ जानु भन्दा एक दिन अगाडी आफ्नो स्थानीय देवताको देवीथानमा बास बस्ने र बिहान नुहाई धुवाई गरेर शुद्ध मनका साथ आफ्नो तिर्थ यात्रामा निस्कीने गर्दछन । शनिबार र आईतबार दिनभरी अछाम जिल्ला बाट अन्य जिल्लामा तिर्थ जानेहरुको निकै ठुलो भिड देखिन्थ्यो । उनीहरु घर परिवारका दाजुभाई, आफन्तहरु संग तिर्थ यात्रामा गएको सहजै दृश्यहरु देखिएका थिए । रोजगारी, पढाई र अन्य कामहरु छोडेर आफ्ना कुल सुधारका लागि भन्दै जिल्ला भन्दा बाहिर रहेकाहरु यतिखेर गाउँमा आएर सब परिवारका साथ तिर्थ गएका छन ।


