टेकबहादुर थापा
अछाम । अछामको मङ्गलसेन नगरपालिका वडा नं. १३ स्थित साल्पाटा गाउँमा खानेपानीको समस्या हुदा त्यहाका स्थानीय नागरिकहरुले समस्या भोग्दै आएका छन । सालपाटा टोलको वर्षौ देखिको खानेपानीको समस्या समाधानका लागि कुनैपनी निकायबाट पहल नहुदा आफुहरुको समस्या समाधान नभएको त्यहा स्थानीयको गुनासो छ । गर्मी याम सुरु हुदैगर्दा दिन प्रतिदिन अहिले उपभोग गर्दै आएको खानेपानीको मुहान सुक्दै गएपछी बैशाख र जेठ महिनामा कुन ठाउँको पानी खाने भन्दै त्यहाका स्थानीयले चिन्ता व्यक्त गरेका छन ।
शिक्षा, स्वास्थ्य र गतिलो सडक नहुदा त्यो टोलका नागरिकहरु बसाई सराई गर्न थालेको स्थानीय पुरन बडेलाले जानकारी दिनुभएको छ । टोलबाट आवाज उठाउने मान्छे नहुदा पहुचवालाको टोलहरुमा विकास निर्माणका कामहरु भएपनी सालापाटा टोल भने उपेक्षामा परेको उहाको गुनासो छ । यी समस्याहरु समाधान नहुने भएपछी गाउँको बसाई सराई बढ्दै गएको र गाउँपनी सुनसान बन्दै गएको स्थानीयको भनाई छ ।


