मंगलसेन १ मा बहुविपन्न महिलाहरुका लागि व्यवसायिकता विकास तालिम सञ्चालन


पैरवी खबर

मंगलसेन नगरपालिका–१ मा बहुविपन्न तथा सीमान्तकृत महिलाहरूको आयआर्जन र सीप विकास गर्ने उद्देश्यले व्यवसायिकता विकास तालिम सञ्चालन गरिएको छ। मालिका सामुदायिक सिकाइ केन्द्रको आयोजना तथा मंगलसेन नगरपालिकाको सहयोग र साझेदारीमा उक्त तालिम सुरु गरिएको हो।

सिकाइ केन्द्रका अध्यक्ष होम बहादुर साउदको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा मंगलसेन नगरपालिकाका उपप्रमुख संगिता कुमारी रावल प्रमुख अतिथि रहनुभएकाे थियोे। त्यस्तै वडा नम्बर १ का अध्यक्ष लोक राज नाथ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएकाे थियाे।

यस्तै कार्यक्रममा मंगलसेन नगरपालिका महिला, बालबालिका तथा समाजकल्याण शाखा प्रमुख मञ्जु महतले तालिमको उद्देश्य, आवश्यकता र अपेक्षित उपलब्धिबारे जानकारीमूलक मन्तव्य राख्नुभएकाे थयाे।

सिकाइ केन्द्रका उपाध्यक्ष मनिराम थापाले स्वागत मन्तव्य राख्नुभएकाे तालिम उदघाटन कार्यक्रमको सञ्चालन सहजकर्ता श्रीया जैगडीले गर्नुभएकाे थियाे ।

तालिम प्रशिक्षक राम बहादुर बुढा र कमल थापा लगायतले सहजिकरण गरिरहनुभएकाे तालिममा वडा नम्बर १ का १३ जना बहुविपन्न महिलाहरूको सहभागिता रहेको छ। यसपछि वडा नम्बर १४ मा पनि १२ जना महिलाहरूका लागि सोही प्रकृतिको तालिम सञ्चालन गरिने जनाइएको छ।

तालिम पश्चात् दुवै वडाका कुल २५ जना महिलालाई स्वरोजगार व्यवसाय सुरु गर्न सहयोग पुग्ने गरी जनही २६ हजार रुपैयाँका दरले बिउपूँजी अनुदान प्रदान गरिने कार्यक्रम रहेको आयोजक मालिका सामुदायिक सिकाई केन्द्रले जनाएको छ।