टेकबहादुर थापा
अछाम । नेपाल जेसीजको आगामी बैशाख ५ गते अछामको पर्यटकीय क्षेत्र रामारोशनमा हुने क्षेत्र (घ) सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । अछाम जेसीजको शनिबार मंगलसेनमा सम्पन्न बैठकले रामारोशनको रामेमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी गाएको हो । नेपाल जेसीजको आयोजना र अछाम जेसीजको आतिथ्यतामा हुनगईरहेको अध्यक्ष सम्मेलनको तयारी स्वरुप गठित विभिन्न उप समितिका संयोजकहरुले शनिबारको बैठकमा आ–आफ्नो समिति मार्फत भएका कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए । सम्मेलन समितिका संयोजक तुलाराम बिसीका अनुसार अधिकांश समितिले मुल समितिले दिएको जिम्मेवारी कुशलता पुर्व सम्पन्न गरेको तर केही रामारोशनमै गएर गर्नुपर्ने तयारीका बारेमा समेत छलफल गरिएको बताउनुभयो । रेडियो गाउँघर संग कुराकानी गर्दै संयोजक बिसीले भन्नुभयो, हामी निकै महत्वपूर्ण कार्यक्रम अछाम जिल्लामा गर्दै छौ, यो हामी सबैका लागि गौरवको कुरा हो, यो कार्यक्रममा क्षेत्र (घ) अन्र्तगतका ५७ शाखाका अध्यक्ष सहित एकसय जना भन्दा बढी जेसीज युवाहरुको सहभागिता रहने कार्यक्रम रहेको बताउनुभयो । यसले यो क्षेत्रको पहिचान संगै पर्यटकीय क्षेत्र रामारोशनको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वाश व्यक्तगर्नुभयो ।
सोही अवसरमा बोल्दै अछाम जेसीजका अध्यक्ष झनक अधिकारीले अछाम जिल्लाका सरोकारवालाको सहयोगमा यो निकै महत्वपूर्ण कार्यक्रम अछाम जिल्लामा हुन गईरहेकाले यसलाई सफल पार्न सहयोग गरिदिन सबै जिल्लाबासीलाई आग्रह गर्नुभएको छ । यो हाम्रा लागि ऐतिहासिक कार्यक्रम हो, देशभरका जेसीज युवाहरु बैशाख ५ गते रामारोशनमा पुग्दै हुनुहुन्छ यसले जिल्लालाई कुनै न कुनै हिसाबले फाईदा पुग्ने बताउनुभयो । अछाम जेसीजको सिंगो टिम अहिले यसैमा केन्द्रित रहेको भन्दै अध्यक्ष अधिकारीले हाल सम्म सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिनुभएको छ । २०८३ सालको बैशाख ५ गते हुने कार्यक्रमको तयारी स्वरुप अछाम जेसीजको टिम बैशाख २ गते नै रामारोशनमा जाने समेत अध्यक्ष अधिकारीले जानकारी दिनुभएको छ ।
बैठकमा अछाम जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी टेक बहादुर थापा, वर्ष २०२४ का अध्यक्ष जेसी फलेन्द्र प्रसाद उपाध्याय लगायत अछाम जेसीजका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।


