साँफेबगरमा वित्तीय साक्षरता तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न


पैरवी खबर

साँफेबगर — मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय साँफेबगर अछामको आयोजनामा वित्तीय साक्षरता अभिवृद्धि तथा ग्राहक गुनासो सुनुवाइ साँफेबगरमा कार्यक्रम सम्पन्न भएको छ।

सोमबार आयोजित उक्त कार्यक्रममा शाखा प्रमुख श्री मक्रराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा साँफेबगर नगरपालिका वडा नम्बर ४ मस्टामाण्डौका वडा अध्यक्ष नवराज बुढा प्रमुख अतिथि, रहनुभएको थियो ।
विशेष अतिथि इलाका प्रहरी कार्यालय साँफेबगरका असइ हिक्मत सिंह महता रहनुभएको थियो ।
मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड प्रदेश नम्बर ६ र ७ का प्रदेश प्रमुख सरोज पण्डित, अमरगढीका अनुगमन अधिकृत रमेश धामी,साँफेबगर एयरपोर्ट बजार व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कुँवर, अतिथि रहनुभएको थियो ।

विभिन्न केन्द्रका प्रमुख र प्रतिनिधि सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममार्फत सेवाग्राहीलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी प्रदान गर्नुका साथै ग्राहकका गुनासाहरू प्रत्यक्ष रूपमा सुन्ने र समाधान गर्ने प्रयास गरिएको थियो। सहभागीहरूले कार्यक्रम उपयोगी र प्रभावकारी भएको बताएका छन्।
कार्यक्रम १५० जनाको उत्साहजनक सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको शाखाले जनाएको छ। कार्यक्रमको संचालन साँफेबगर शाखाका दिपेन्द्र प्रसाद भट्टले गर्नुभएको थियो ।