टेकबहादुर थापा
अछामको मंगलसेन नगरपालिकाको रेडक्रस देखि पालिकाको केन्द्र जोड्ने पिच सडक निर्माण कार्यको बुधबार शिलान्यास गरियको छ । उक्त कार्यको मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले शिलन्यास गर्नु भएको हो । जगदम्बा जि एन्ड A.N.DJV निर्माण कम्पनीले काम गर्ने गरि योजनाको निर्माण कार्य सुरु गरिएको नगरपालिकाले जनाएको छ । ४ करोड ३८ लाखको लागतमा सडकको निर्माण हुने बताईएको छ । यस भन्दा अघि नै यसको निर्माण कार्य अगाडी बढाउने योजना भएपनी निर्वाचन लगायतका अन्य कारणले ढिलो भएकाले यसलाई जती सक्दो चाडै निर्माण हुनेगरि योजनाको कामलाई अगाडी बढाईएको हो । शिलान्यास कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष झंकर प्रसाद भाट, निर्माण व्यवसायी निराजन ढुंगाना, पुर्वाधार शाखा प्रमुख झनक अधिकारी लगायतको सहभागिता रहेको थियो ।


