सरकारले साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने


पैरवी खबर

सरकारले यही साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सो कुराको जानकारी दिएका हुन् ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा बोल्दै राज्यमन्त्री उमेश श्रेष्ठले शनिबार र आइतबारसम्म थप ११ लाख डोज खोप आउने भन्दै सप्ताह मनाउन लागिएको जानकारी दिए । उनका अनुसार यस अवधिमा जापानबाट ८ लाख तथा भुटानबाट आउने ३ लाख डोज कोरोना विरुद्धको खोप आउनेछ ।

त्यस्तै, मन्त्री श्रेष्ठले आगामी असोजसम्म १ करोड ५ लाख डोज खोप आउने पनि जानकारी दिएका छन् । उनले बालबालिकाका लागि फाइजरको ६० लाख डोज खोप ल्याउने प्रक्रिया पनि अगाडि बढाइएको जानकारी दिए ।