साँफेबगर । साँफेबगर नगरपालिका वडा नं. १२, खप्तड अछाममा खोप तथा पशु स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको समन्वय र वडा कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त शिविर आयोजना गर्न लागिएको हो।
वडाभित्रका कृषकहरूले पालिएका पशुचौपायालाई लक्षित गरी सञ्चालन हुने शिविरमा पशु बन्ध्याकरण, पीपीआर तथा खोरेत विरुद्ध खोप, विभिन्न रोगको उपचार, आन्तरिक तथा बाह्य परजीवी नियन्त्रण र प्राविधिक परामर्श सेवा प्रदान गरिनेछ।
सम्बन्धित सबै कृषकलाई आफ्नो पशु लिएर उपस्थित हुन वडा कार्यालयले अनुरोध गरेको छ।


