भरत कुमार स्वाँरको सम्वृद्ध अछाम बनाउने यस्तो छ १२ बुँदे प्रतिज्ञा पत्र


पैरवी खबर

अछाम। नेपाली कांग्रेस अछाम क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार भरत कुमार स्वाँरले चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन्।
उम्मेदवार स्वाँरले बिहीवार बान्नीगढी जयगढ गाउँपालिकास्तरिय चुनावी सभामा १२ बँदे प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन्।
स्वाँरको बाचा पत्रमा सामाजिक परिवर्तन र सुशासन, संवैधानिक सुधार, सुशासन र पारदर्शिता, शिक्षामा गुणात्मक सुधार, शुलभ र प्रभावकारी स्वास्थ्य सेवा, भौतिक पूर्वाधार: सडक, पानी र उर्जा क्षेत्रको विकास गर्न सकिने विषयहरु उल्लेख छन्।
यस्तै संचार र पर्यटन, परम्परागत शिपको आधुनिकीकरण, अर्थतन्त्र, कृषि रोजगारी, युवा तथा खेलकुद र विशेष विकास योजनाहरु पनि प्रतिज्ञा पत्रमा समावेश छन्।