नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न


पैरवी खबर

साँफेबगर- नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष हिरिण्ड बहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकले फागुन २१ गते हुने निर्वाचन सम्बन्धि छलफल, चुनावी आम सभा लगायतका विषयमा छलफल गरिएको थियो ।

यस्तै बैठकले निर्वाचनका लागि युवा परिचालन गर्ने निर्णय गरिएको नगर कमिटीले जनाएको छ । बैठकका प्रमुख अतिथि नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य मिन बहादुर कुँवर रहनु भएको थियो ।

यस्तै बैठकमा प्रदेश कमिटी सदस्य जयन्द्र स्वार, पशुपति कुँवर, जिल्ला कमिटी उपाध्याक्ष तिलक कुँवर, जिल्ला कमिटी सचिवालय सदस्य तथा समानुपातिक उम्मेदवार राधिका भुजेल, जिल्ला कमिटी सचिवालय सदस्य पुष्पराज भट्ट, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य महेन्द्र बि.क., जिल्ला कमिटी सदस्य रुप बहादुर कुँवर, जितेन्द्र कुँवर लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

बैठकको सञ्चालन नगर कमिटी सचिव मुकेश कुँवरले गर्नु भएको थियो ।