धादिङ दुर्घटना : १७ जनाको मृत्यु ,बसमा ४६ यात्रु रहेको अनुमान


पैरवी खबर

२०८२ फागुन ११ गते
पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा कम्तिमा १७ जनाको मृत्यु भएको छ।
दुर्घटनाको बेला सो बसमा ४६ जना यात्रुहरु रहेको र उद्धार कार्य जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेले बताए।
सेना, सशस्त्र प्रहरी र प्रहरीको टोलीले उद्धार गरिरहेका छन् र मृतक तथा घाइतेहरुको सनाखत हुन सकेको छैन।
काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा कम्तिमा १७ जनाको मृत्यु भएको छ ।
सडकबाट करिब ३ सय मिटर तल खसेको सो बसमा दुर्घटनाको बखत कम्तिमा ४६ जना यात्रुहरु रहेको अनुमान छ ।

घटनास्थलमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेले दुर्घटनाको बेला बसमा ४६ जना यात्रुहरु रहेको र उनीहरुको खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिए ।

घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरु ओसार्दै बगरमा जम्मा गर्ने र त्यहाँबाट एम्बुलेन्समार्फत् अस्पतालतर्फ पठाउने काम भइरहेको छ ।

दुर्घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेका छन् । घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहितको टोली पनि छ । सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरी नेतृत्वको टोली र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको छ ।

मृतक र घाइतेहरुको सनाखत हुन सकेको छैन ।
source .online khabar