नेकपा एमाले अछाम क्षेत्र न २ उमेदवार यज्ञबहादुर बोगटीको घरदैलो अन्तिम चरणमा पुगेको छ । माघको पहिलो हप्ता बाट घरदैलो सुरु गर्नुभएका उमेदवार बोगटीले ढकारी गाउँपालिका, तुर्माखाँद गाउँपालिका, कमलबजार नगरपालिका पंञ्चदेवल विनायक नगरपालिकामा घरदैलो तथा मतदाता संग भेट गरिसक्नु भएको छ भने आईतबार बाट मंगलसेनमा घरदैलो गर्ने कार्यक्रम रहेको छ । मंगलसेनका पनि ३ वटा वडामा घरदैलो सम्पन्न भईसकेको र बाकी ११ वटा वडामा घरदैलो सुरु गरिने बतार्ईएको छ ।
४ वटा पालिकामा घरदैलो गरिसक्दा जनताको निकै साथ पाएका उमेदवार बोगटी उत्साहित भएर मंगलसेन फर्किनु भएको छ । रेडियो गाउँघरलाई प्रतिकृया दिदै एमालेका केन्द्रिय सदस्य समेत रहनु भएका बोगटीले आफु घरदैलोको क्रममा जुन जुन पालिका वडा तथा टोलमा पुगे त्यहा मतदाताहरुले आफुलाई निकै माया र विश्वाश दिएकाले जनताको मायाले आफु उत्साहित भएर फर्किएको बताउनुभयो ।
आफु जुन ठाउमा पुगे त्यो ठाउमा मतदाताहरुले क्षेत्र न २ का विकासका लागी पुन एक पटक मतदान गर्ने बाचा गरेकाले आफ्नो जित निश्चित भईसकेको उमेदवार बोगटीको दाबी छ । यस पटक अछामका दुईवटै निर्वाचन क्षेत्रमा एमालेको जितहुने दाबी गर्दै उमेदवार बोगटीले सुखी अछामी समृद्ध अछाम बनाउनका लागि एमालेलाई मतदान गर्न आग्रह समेत गर्नुभएको छ । कमलबजार नगरपालिको गैरीटाड बजारमा भएको चुनावी कोणसभा कार्यक्रममा बोल्दै उमेदवार बोगटीले कमलबजार रहेका थुप्रै विकासका अधुरा योजनालाई पुर्णत दिनका लागि आफुलाई मतदान गर्न आग्रह गर्नुभएको थियो । आईतबार मंगलसेन नगरपालिका वडा न १४ को कालागाउँबाट घरदैलो सुरुहुने प्रेस चौतारी अछामका अध्यक्ष कृष्णबहादुर बुढाले जानकारी दिनुभएको छ ।


