साँफेबगर – अछामको साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वरमा नेपाली कम्युनिस्ट पार्टीको वडा स्तरीय भेला सम्पन्न भएको छ। भेलाको अध्यक्षता पुरन कुँवरले गर्नुभएको थियो।
भेलामा निर्वाचन परिचालन समिति संयोजक हिक्मत कुँवर प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने उप–संयोजक रंग बहादुर ठकुल्ला, प्रवास समन्वय संयोजक आकाश कुँवर तथा सांस्कृतिक संयोजक नवराज आउजी अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
भेलाले वडा स्तरीय निर्वाचन परिचालनलाई प्रभावकारी बनाउने उद्देश्यसहित पुरन कुँवरको अध्यक्षतामा वडा स्तरीय निर्वाचन परिचालन समिति गठन गरेको छ। साथै यही माघ १९ गते वडा भेला आयोजना गर्ने निर्णयसमेत गरिएको छ।
कार्यक्रमको सञ्चालन मीन आउजीले गर्नुभएको थियो। भेलामा आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार, परिचालन तथा पार्टी गतिविधिलाई थप सक्रिय बनाउने विषयमा छलफल गरिएको थियो।


