काँग्रेस उम्मेदवार शाहको घरदैलो जारी : भन्नुहुन्छ जनताको साथले उत्साहित छु


पैरवी खबर

नेपाली काँग्रेस अछामका सभापति तथा प्रतिनिधि सभाका उम्मेदवार पुस्पबहादुर शाहले घरदैलो अभियानलाई तिव्रता दिनुभएको छ । वडा न १ को कुन्तीबाट आफ्नो घरदैलो कार्यक्रम सुरु गर्नुभएका शाहले कमलबजार हुदै ढकारी गाउँपालिकामा अभियान संचालन गरिरहनुभएको छ । नेपाली काँग्रेस अछामका सभापति समेत रहनु भएका नेता शाह विभिन्न वडा तथा टोलहरुमा पुगेर मतदाता तथा कार्यकर्तालाई भेटेर मत मागी रहनुभएको छ ।
निराश भएर कार्यकर्ताका माझमा जानु भएका शाहलाई नेपाली काँग्रेसका कार्यकर्ता र शुभचिन्तकहरुको साथले उत्साहीत बनाएको छ । रेडियो गाउँघरलाई छोटो प्रतिकृया दिदै उमेदवार शाहले भन्नुभयो हाम्रो पार्टीका नेता बल बहादुर कुवँर नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचन लड्ने भन्ने खबरले मनमा अलि निराशा थियो, तर गाउँमा जादा नेता तथा कार्यकर्तामा देखिएको उत्साहले आफुलाई खुुसी तुल्याएको उहाले बताउनुभयो । बाहिर जस्तो अफवाह फैलाएपनी नेपाली काँग्रेसका कार्यकर्ताहरुमा कतिपनि निराशा छैन, थप एकताबद्ध भएर कार्यकर्ताहरु जुटी रहनुभएको छ, त्यसैले यसपालीको निर्वाचनपनि नेपाली काग्रेसले नै जित्ने उहाले दाबी गर्नुभएको छ । गाउँमा जादा मतदाता नेपाली काग्रेसलाई मतदान गर्न आतुर रहेको समेत उहाले बताउनुभयो । सभापति शाह अहिले ढकारी गाउँपालिकाका विभिन्न वडाहरुमा घरदैलो गरिरहनु भएको काग्रेस युवा नेता बिनोद थापाले जानकारी दिनुभएको छ ।