दोस्रो जिल्ला स्तरीय कराते प्रतियोगिता साँफेबगरमा सम्पन्न


पैरवी खबर

साँफेबगर । स्वास्थ्यका लागि खेलकुद , रास्ट्रका लागि खेलकुद भन्ने नारा सहित राष्ट्रिय गोजुरियो कराते दो -संघ नेपाल अछामको आयोजनामा दोस्रो जिल्ला स्तरीय कराते प्रतियोगिता -२०८० साँफेबगर अछाममा सम्पन्न भएको छ ।

प्रतियोगितामा पुरुष तर्फ ६ देखि ७ बर्ष उमेर समुहका लक्ष्मण बुढा प्रथम , आभास खड्का द्धितिय , युवराज विक तृतीय भएका छन । ८ देखि १० बर्ष समुहका विप्लव कुँवर प्रथम , बसन्त विक द्धितिय , सर्वस्व विक र युनिक परियार तृतीय भएका छन।

११ बर्ष देखि १२ बर्ष उमेर समुहका निबेश कुमाल प्रथम , उत्तम थापा द्धित्तिय ,सुशान्त नाथ तृतीय भएका छन भने १३ बर्ष उमेर समुहका आशिष कुँवर प्रथम , अनमोल रावल द्धित्तिय , विराज साउँद र अर्जुन पण्डित तृतीय भएका छन ।

१४ बर्ष उमेर समुहका आयुस कुँवर प्रथम , शिशिर विक द्धित्तिय , डायमण्ड बुढा तृतीय र १५ बर्ष उमेर समुहका अंकित स्वार प्रथम , जय पुन मगर द्धित्तिय , विवेक स्वार र निलेश आउजी तृतीय भएका छन । १६ बर्ष उमेर समुहका सुमन विक प्रथम , महेन्द्र भुल द्धित्तिय , दिपेश कडायत तृतीय भएका छन ।

महिला तर्फ ६ देखि ७ बर्ष उमेर समुहका आरोही गिरि प्रथम , समृद्धि विक द्धित्तिय , रिया भट्ट तृतीय , ८ देखि १० बर्ष उमेर समुहका सुजाता कडायत प्रथम , एमिमा ठकुल्ला द्धित्तिय , जेनिसा खड्का र सोनिया साउँद तृतीय भएका छन ।

१३ बर्ष उमेर समुहका सुस्मा राना मगर प्रथम , अस्मिता थापा द्धित्तिय , १४ बर्ष उमेर समुहका कसिस कडारा प्रथम , सम्झना रावल द्धित्तिय , अर्चना थापा तृतीय भएका छन भने १५ बर्ष उमेर समुहका भरोसा रावल प्रथम र रितु रावल द्धित्तिय भएका छन ।

महिला र पुरुष तर्फबाट विभिन्न उमेर समुहका प्रथम हुनेमा जम्मा १२ जना , द्धित्तिय १२ जना र तृतीय हुनेमा जम्मा १२ जना रहेका छन ।

राष्ट्रिय गोजुरियो कराते दो -संघ अछामका उपाध्यक्ष डबल बहादुर बोहराको अध्यक्षतामा भएको प्रतियोगितामा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल सरकारका पुर्व उप प्रधानमन्त्री ,रक्षा तथा गृहमन्त्री डा.भिम रावलले : देशलाई चिनाउनका लागि खेलाडीहरुको महत्त्वपूर्ण भुमिका रहेको र आफू अहिले कुनै पदमा नरहेता पनि आफुबाट हुने र सकिने सहयोगको लागि कहिल्यै पनि पछि नहट्ने भन्दै खेलाडीहरुको उज्ज्वल भविस्यको कामना गर्नुभएको छ ।
विशिस्ट अतिथिको आसनबाट बोल्दै साँफेबगर नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले पनि खेलाडीहरुलाई आवश्यक पर्ने कुनै पनि सामाग्रीको कमि हुन नदिने र नगरपालिकाले विगतका दिनहरूमा पनि सहयोग गर्दै आएको पुनः जतिबेला पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतियोगिता कार्यक्रममा साँफेबगर नगरपालिकाका वडा नम्बर १ देखि १४ वटै वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्य , नेपाली कांग्रेसका साँफेबगर नगर सभापति लालबहादुर कुँवर , नेकपा एमाले साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र बहादुर कुँवर , एकीकृत समाजवादीका प्रतिनिधि मुकेश सुनार , अतिथि रहनुभएको थियो ।

विभिन्न विद्यालयका शिक्षक प्रतिनिधि , समाजसेवी , सुरक्षाकर्मी , खेलप्रेमी र पत्रकार लगायतको सहभागिता रहेको थियो ।
कराते प्रतियोगितामा प्रमुख प्रशिक्षकको रुपमा विएस ओड हुनुहुन्थ्यो भने निर्णायकमा हरिशचन्द्र तिरुवा , सागर कुँवर,निलेश आउजी , अस्मिता भुल , सुदर्शन स्वार रहनुभएको थियो ।
राष्ट्रिय गोजुरियो कराते दो -संघ नेपाल अछामका सदस्य शंकर भुलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन संघका कोषाध्यक्ष राजेन्द्र कोलीले गर्नुभएको थियो ।