साँफेबगर – साँफेबगर नगरपालिका वडा नम्बर १२ खप्तडले आज भदौ ०९ गते जिल्ला प्रशासन कार्यालय अछामबाट आफ्नो सेवा प्रदान गरेको छ ।
आफ्नो वडाका सेवाग्राहीहरुलाई सेवा लिन सहज होस भन्ने उद्देश्यले वडा कार्यालयको टोली जिल्ला प्रशासन कार्यालयमा गइ सेवा प्रदान गरिएको हो । 
सामाजिक सुरक्षा , परिचयपत्र नविकरण, नागरिकतामा स्पष्ट विवरण नदेखिने , नागरिकताको प्रतिलिपी र राष्ट्रिय परिचयपत्र बनाउने लगायतका सेवा दिइएको छ ।
आज सेवा लिनेमा : ७० बर्ष माथिका बृद्धबृद्धाहरुमा -१२ जनालाई नागरिकता प्रमाणपत्रको प्रतिलिपी , १५ जनालाई राष्ट्रिय परिचयपत्र र १ जना लाई नयाँ नागरिकता , प्रदान गरिएको छ ।
वडा कार्यालयबाट सेवा लिन बन्चित सेवाग्राहीहरुकोलागि यहि भाद्र १९ गते पुनः जिल्ला प्रशासन कार्यालय अछामबाट वडाको टिम उपस्थित भै सेवा दिइने बताइएको छ ।
आज वडाको तर्फबाट सेवा दिनेमा वडा अध्यक्ष जनक कडायत , वडा सदस्य रमेश कडायत , सामाजिक सहजकर्ता दिनेश बाब्ली हुनुहुन्थ्यो ।


