सुदूरपश्चिममा आइतबार विदा


पैरवी खबर

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले भदौ ८ गते आइतबार सार्वजनिक विदा दिने भएको छ ।
प्रदेश सरकारले अट्वारी पर्वको सार्वजनिक विदा दिन लागेको हो ।
प्रदेश सरकारले सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा अट्वारी पर्वको अवसरमा साउन २५ गते सार्वजनिक विदा निर्धारण गरेको थियोे । तर साउन १९ गते बसेको प्रदेश सरकार (मन्त्रिपरिषद् ) को बैठकले संशोधन गरि भदौ ८ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।