भूमि समस्या समाधान आयोगले अन्तिम पटकका लागि सूचना सार्वजनिक गरिएको छ।
भूमि समस्या समाधान आयोग, ताहाचल काठमाडौँले शुक्रवार अन्तिम पटकका लागि ३५ दिनको सूचना सार्वजनिक गरेको हो।
आयोगले सम्पूर्ण स्थानीय तहमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूका लागि अन्तिम पटकका लागि सूचना सार्वजनिक गरेको छ। स्थानीय तहहरूको वडाले तोकेको स्थानमा गएर निवेदन फारम भर्न आयोगले भनेको छ। आयोगले जग्गाको स्वामित्व र दर्ता स्रेस्ता तथा नक्सा प्रमाणित लगायतका विषयमा समेत निवेदन दिन भनेको छ।


